नेप्से ९२.४२ अंकले बढ्यो, १२ कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

प्रकाशित मिति : असार ७, २०७८ सोमबार


काठमाडौं । साताको दोस्रो दिन आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ९२ दशमलव ४२ अङ्क अर्थात् ३ दशमलव ७१ प्रतिशत परिवर्तन भएर २५सय ८६ दशमलव ०१ अङ्कमा पुगेर कारोबार बन्द भएको छ।

आजको कारोबार समयमा नेप्से इन्डेक्स बढीमा २५८६.०१५५ र कममा २५१७.४५५४ पुगेको थियो।

आज २२४४७१५७ कित्ता सेयर १०३८४१९७६६८.८५ रुपैयाँमा को किनबेच भई सेयर बजार बन्द भएको छ।

नेप्सेमा सूचिकृत कूल २०५ कम्पनीको सेयर किनबेच भएको हो। नेपाल राष्ट्र बैंकले फागुन २ गते सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समिक्षाले सेयर बजारलाई नीतिगत रुपमा हरियो बत्ति देखाइदिएपछि बजारमा फेरि हरियाली छाएको हो।

आज नेप्सेका सबै उपसूचकहरुमा हरियाली छाएको छ। आज १२ वटा कम्पनीका लगानीकर्ताले सर्वाधिक १० प्रतिशत कमाए।


प्रतिक्रिया दिनुहोस्