काठमाडौं । कर्णाली प्रदेश सरकारको वार्षिकोत्सवमा प्रधानमन्त्री केपी ओली पक्षका सांसदहरु अनुपस्थित भएका छन् ।
सोमबार कर्णाली प्रदेश सरकारले स्थापनाको तेस्रो वार्षिकोत्सव भव्यताका साथ मनाईरहेका बेला कर्णाली प्रदेशका ओली समूहका नेकपा सांसद्हरु भने कार्यक्रममा उपस्थित नभएका हुन् ।
कार्यक्रममा ओली समूहमा रहेका प्रदेश सभाका सभामुख र प्रदेश प्रमुख गोविन्द कलौनी भने अतिथिका रुपमा उपस्थित छन् ।
प्रदेश प्रमुख गोविन्द कलौनी प्रमुख अतिथि र सभामुख राजबहादुर शाही विशिष्ट अतिथिका रुपमा सहभागी भएका हुन् ।
ओली समूहका अरु सांसद्हरुले भने आफूहरुलाई निमन्त्रणा नै नआएकोले सहभागी नभएको बताएका छन् ।
्ओली पक्षका सांसद गुलावजंग शाहले आफूहरुलाई कार्यक्रमको निम्ता नै न आएको दावी गरे ।
आफूहरुले कार्यक्रमलाई बहिष्कार नगरेको ओली पक्षको भनाइ छ ।
प्रदेश सभामा रहेका नेकपाका ३३ जना सांसद्मध्ये २२ जना प्रचण्ड–नेपाल समूहका छन् । ओली समूहमा १० जना सांसद् छन् ।