पुरुषको सामूहिक बलात्कार गरेको आरोपमा २ जना पक्राउ

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


काठमाडौं । एक पुरुषको सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

शनिबार झापाको कनकाई नगरपालिका–७ बिरिङ नदी किनारमा दुई पुरुषले जबरजस्ती यौन क्रियाकलाप गरी एक पुरुषलाई घाइते बनाएका हुन् ।

पक्राउ पर्नेमा कनकाई नगरपालिका–६ का १९ वर्षीय पारस तामाङ र कनकाई नगरपालिका–७ का २१ वर्षीय विनोद टुडु रहेका छन् ।

उनीहरुले कनकाई–७ का ३० एक वर्षीय पुरुषलाई खोला किनारमा लगी बलात्कार गरेको प्रहरीले जनाएको छ ।

पीडित युवक घाइते रहेको र उनको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवैजनामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्