ओलीको प्रश्न : के मैले सधैँ शासन सत्तामा बसिराख्छु भनेको छु र ?

प्रकाशित मिति : ३ फाल्गुन २०७७, सोमबार  १२ : ४९


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू सधैं सत्तामा नरहने बताएका छन् ।

पुनर्निमाण सम्पन्न भएको प्रमुख सोमबार तीन वर्षका उपलब्धि सार्वजनिक गर्ने क्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

आफ्नो नेतृत्वको सरकारको ‘तीन वर्षका प्रमुख उपलब्धिहरू’ सार्वजनिक गर्ने क्रममा प्रधानमन्त्री ओलीले आफ्नो कदम प्रतिगमन नभएको तर्क गरे ।

सबै विकल्प बन्द भएपछि आफूले संसद विघटन गरेर नयाँ जनादेशमा जाने निर्णय गरेको उनको भनाइ छ ।

उनले आफूले बारम्बार निर्वाचन गराउने प्रतिबद्धता र तयारी गरिराखेको दोहोर्‍याउँदै प्रश्न गरे- ‘के मैले सधैँ शासन सत्तामा बसिराख्छु भनेको छु र ?’

उनले संसदीय दलमा आफूविरूद्ध कुनै उजुरी नलगाई ‘एक जना व्यक्तिको लाञ्छनापत्रको’ आधारमा आरोप लगाएको दाबी गरे ।

ओलीले आफू ६४ प्रतिशतले समर्थन गरेको निर्विरोध र निर्विवादित नेता भएकाले प्रतिनिधि सभा विघटन सही रहेको दाबी गरे ।

आफूलाई संसदीय दलका सदस्यले नभइ एक व्यक्तिले हटाउन खोजेको उनको भनाइ छ ।

उनले भने, ‘प्रतिनिधि सभा विघटनअघि मैले सोचें, विद्यमान अवस्थामा वैकल्पिक सरकार बन्छ कि बन्दैन। म ६४ प्रतिशतको निर्विरोध र निर्वादित नेता हुँ। मेरा विरुद्ध संसदीय दलमा आलोचना र टिप्पणी विपरित चर्चा छैन।’


प्रतिक्रिया दिनुहोस्