ट्रम्पले महाअभियोगबाट उन्मुक्ति पाउनु भनेको अमेरिकी प्रजातन्त्र कमजोर हुनु होः बाइडेन

प्रकाशित मिति : ३ फाल्गुन २०७७, सोमबार  १० : ०५


काठमाडौं । महाअभियोग लागेका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले उन्मुक्ति पाउनुले प्रजातन्त्र ‘नाजुक’ अवस्थामा रहेको स्मरण गराएको राष्ट्रपति जो बाइडेनले बताएका छन् ।

सिनेटले यस्तो गम्भीर अपराधमा ट्र्म्पलाई उन्मुक्ति दिनुले प्रजातन्त्र अझै कमजोर रहेको बाइडेनको भनाई छ ।

संसद भवनमा भएको हिंसात्मक आक्रमणमा आफ्ना समर्थकलाई उक्साएको भन्दै ट्रम्पमाथि महाअभियोग लागेको थियो । तर माथिल्लो सिनेटबाट महाअभियोग पारित हुन सकेन ।

शनिबार सिनेटमा भएको मतदानमा सात रिपब्लिकन र ५० डेमोक्र्याट सिनेटरले ट्रम्पलाई दोषी ठहर गर्नु पर्ने पक्षमा मतदान गरे पनि दुई तिहाई पुग्न सकेन ।

१०० सिट रहेको सिनेटबाट महाअभियोग पारित हुनका लागि दुई तिहाई अर्थात ६७ सिनेटरको समर्थन चाहिन्छ ।

जनवरी ६ मा संसद भवनमा एक प्रहरी अधिकारीसहित कम्तीमा पाँचजनाको ज्यान जाने गरि भएको हिंसात्मक आक्रमणमा आफू पूर्वका राष्ट्रपति ट्रम्पको भूमिका रहेको विषय कुनै पनि विवादको विषय नरहेको बाइडेनले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्