न्युजिल्याण्डको सबैभन्दा ठूलो शहरमा तीन दिन लकडाउन

प्रकाशित मिति : ३ फाल्गुन २०७७, सोमबार  ९ : ५५


काठमाडौं । कोरोना भाइरस देखिएपछि न्युजिल्याण्डको सबैभन्दा ठूलो शहर अकल्याण्डमा लकडाउन गरिएको छ ।

बेलायतमा भेटिएको नयाँ प्रजातिको भाइरसको संक्रमण देखिएपछि त्यहाँ तीन दिनका लागि लकडाउन गरिएको अधिकारीहरुलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

न्युजिल्याण्डमा पहिलो पटक तीन जनामा नयाँ भाइरसको संक्रमण देखिएको हो ।

संसदका सदस्यहरुसँगको छलफलपछि प्रधानमन्त्री जसिन्डा आर्डेनले बुधवारसम्मका लागि लागू हुनेगरी लकडाउनको घोषणा गरेकी हुन् । न्युजिल्याण्डमा पछिल्लो छ महिनामा कुनै पनि बेला लकडाउन गरिएको थिएन ।

करिब ५० लाख जनसंख्या रहेको न्युजिल्याण्डमा दुई हजार तीन सय जना संक्रमित हुँदा २५ जनाको मृत्यु भएको समाचारमा जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्