बालिका करणी गरेको आरोपमा एक पक्राउ

प्रकाशित मिति : २ फाल्गुन २०७७, आइतबार  ८ : ५७


एक बालिकालाई जबर्जतस्ती करणी गरेको आरोपमा प्रहरीले स्याङ्जाको चापाकोट नगरपालिकका–२ का ५२ वर्षीय नामदेउ कुमाललाई पक्राउ गरेको छ।

बाख्रा हेर्न गएकी ६ वर्षीय बालिकालाई करणी गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए।

पीडित बालिकाका आफन्तले प्रहरीलाई खबर गरेपछि अनुसन्धान अघि बढेको हो । रासस


प्रतिक्रिया दिनुहोस्