बल्खु खोलामा हाम फालेका युवकको उद्धार

प्रकाशित मिति : २ फाल्गुन २०७७, आइतबार  ८ : ०९


काठमाडौं । बल्खु खोलामा हाम फालेका एक युवकको उद्धार गरिएको छ।

काठमाडौंको चन्द्रागिरि नगरपालिकाका २२ बर्षीया ती युवकले भिराडिलबाट बल्खु खोलामा हाम फालेका हुन।

उनले किन हाम फाले भन्ने बिषय खुल्न बाँकी छ।

खोलामा हाम फालेका उनको उद्धारपछि कलंकीको शहिद मेमोरियल अस्पतालमा उपचार भइरहेको छ। उनी बोल्न सक्ने अवस्था छन्।

युवकले हाम फालेको भन्ने खबर पाएपछि प्रहरी घटनास्थल पुगेको थियो।


प्रतिक्रिया दिनुहोस्