सर्वोच्चको मुख्य रजिस्ट्रारमा लालबहादुर कुँवर

प्रकाशित मिति : २ फाल्गुन २०७७, आइतबार  ७ : १३


काठमाडौं । सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा लालबहादुर कुँवर आइतबार नियुक्त भएका छन् ।

न्यायपरिषद्को गत माघ ११ गते बसेको बैठकले तत्कालीन मुख्य रजिष्ट्रार नृपध्वज निरौलालाई मुख्य न्यायाधीशमा नियुक्त गरेपछि रिक्त रहेको मुख्य रजिष्ट्रार पदमा सर्वोच्च अदालतका रजिष्ट्रार कुँवरलाई नियुक्त गरिएको हो ।

गत माघ २५ गते बसेको न्याय सेवा आयोगको बैठकले कुँवरलाई नियुक्तिको सिफारिस गरेपछि गत माघ २९ गते बसेको मन्त्रिपरिषद्को बैठकले कुँवरलाई मुख्य रजिष्ट्रारमा नियुक्ति गर्ने निर्णय गरेको हो ।

गुल्मी जिल्लाको धुर्कोटमा २०२९ पुस ४ गते जन्मीएका कुँवर विसं २०५५ मा शाखा अधिकृतको रुपमा निजामती सेवामा प्रवेश गरेका थिए ।

सर्वोच्च अदालतको रिक्त एक रजिष्ट्रारमा निर्मला पौडेललाई नियुक्त गरिएको छ । माघ २९ गते बसेको मन्त्रिपरिषद्को बैठकले सर्वोच्च अदालतको रजिष्ट्रारमा नियुक्त हो ।

पौडेल सर्वोच्च अदालतको रजिष्ट्रारमा पुग्ने पहिलो महिला भएकी छिन् । यसअघि पौडेल प्रशासकीय अदालतको रजिष्ट्रार सहरजिष्ट्रार थिइन् ।

विसं २०२४ वैशाखमा विराटनगरमा जन्मनुभएकी पौडेल विसं २०५२ मङ्सिर महिनाबाट शाखा अधिकृतको रुपमा निजामती सेवामा प्रवेश गरेकी थिइन् ।

सर्वोच्च अदालतको मुख्य रजिष्ट्रार नेपाल सरकारको मुख्यसचिव सरह र रजिष्टार सचिव सरह हो ।


प्रतिक्रिया दिनुहोस्