कैलालीमा बाघले लियो महिलाको ज्यान

प्रकाशित मिति : २ फाल्गुन २०७७, आइतबार  ६ : ५७


काठमाडौं । कैलालीमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।

आइतबार गौरीगंगा नगरपालिका ५ स्थित अन्डैयाकी २५ वर्षीया कला धामीको बाघको आक्रमणबाट मृत्यु भएको छ।

स्थानीयका अनुसार पुष्पाञ्जली सामुदायिक वनमा स्याउला लिन गएका महिलाहरुमाथि सो बाघले आक्रमण गरेको थियो। सोही क्रममा स्थानीय धामीलाई आक्रमण गरेर ज्यान लिएको हो।

महिलाको ज्यान लिएपछि सो नरभक्षी बाघको खोजतलास थालिएको छ।

कैलालीका वन तथा सुरक्षा अधिकारीले बाघको खोजी भइरहेको जनाएका छन्।

कैलालीको गौरिगङ्गा नगरपालिकाको राजिपुर र बडैपुरको बिचको जङ्गल नजिकैको सडकमा बाघ देखिएको भन्दै यसअघि होशियारपूर्वक आवतजावत गर्न र साबधानि अपनाउन आग्रह गरिएको थियो।

शनिबार मान्छे भएकै ठाउँमा बाघ महेन्द्र राजमार्गमा निस्केको थियो। सो बाघले गौरीगंगा नगरपालिका–८ स्थित गौरीगणेश सामुदायिक वनमा गाईको एक बाछो समेत खाएको बताइएको छ।

यसअघि शुक्रबारमात्रै बाघले कैलारी गाउँपालिका–८ दुधियाका २८ वर्षीय दुर्गाप्रसाद चौधरीमाथि आक्रमण गरेको थियो। घाइते उनको उपचार भइरहेको छ।


प्रतिक्रिया दिनुहोस्