अफ्रिकी देश गिनीमा इबोलाबाट ४ जनाको मृत्यु

प्रकाशित मिति : असार ५, २०७८ शनिबार


काठमाडौं । अफ्रिकी देश गिनीमा इबोला भाइरसको संक्रमणबाट चार जनाको ज्यान गएको छ ।

गिनीको दक्षिणपूर्वी प्रान्त जेरेकोरेमा इबोलाबाट मृत्यु भएका चारमध्ये एक स्वास्थ्यकर्मी पनि छिन् ।

गिनीको राष्ट्रिय स्वास्थ्य सुरक्षा नियोगका प्रमुख साकोटा केइटाले गत जनवरीको अन्तिममा बिरामी परेकी उनको फेब्रुअरी १ मा मृत्यु भएको थियो ।

उनको अन्त्येष्टिमा सहभागीमध्ये आठ जनालाई पखाला लाग्ने, बान्ता हुनेजस्ता लक्षण देखिएको छ ।

स्वास्थ्यकर्मीबाहेक अन्य तीनजनाको पनि मृत्यु भइसकेको र चारजना अहिले अस्पतालमा उपचार गराइरहेको केइटाले बताए ।

सन् २०१६ पछि पहिलोपटक इबोलाबाट मानिसको मृत्यु भएको हो । पछिल्लो पाँच वर्षमा पहिलोपटक गिनीमा इबोलाको संक्रमण देखिएको हो ।

यसअघि सन् २०१३ मा यो भाइरस गिनीबाटै सुरु भएको थियो । यो भाइरसको कारण ११ हजार तीनसयको मृत्यु भइसकेको छ ।


प्रतिक्रिया दिनुहोस्