काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका -७ विष्णुमति चोकबाट एक व्यक्ति भालुको पित्तसहित पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा संखुवासभाको चिचिला गाउँपालिका–२ घर भइ हाल बूढानीलकण्ठ नगरपालिका विष्णुमती चोक बस्ने वर्ष ३२ को विगुन राई रहेका छन् ।
प्रहरीले राईलाई १०३ ग्राम भालुको पित्तसहित पक्राउ गरेको हो। उनले सो पित्त प्रतिग्राम २५ हजार रुपैयाँका दरले बेच्ने तयारी गरेको प्रहरीले जनाएको छ ।
महानगरीय अपराध अनुसन्धान महाशाखाको विशेष टोलीले नियनत्रणमा लिएका राईमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।