कैलालीमा बाघको आक्रमणबाट एकको मृत्यु

प्रकाशित मिति : २ फाल्गुन २०७७, आइतबार  ५ : १४


कैलाली । कैलालीमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरीगंगा नगरपालिका – ५ की २५ बर्षीया कला धामी रहेकी छिन् ।

पुष्पाञ्जली सामुदायिक वनमा स्याउला लिन गएकी धामीलाई बाघले आक्रमण गरेको डिभिजन वन कार्यालय कैलालीका प्रमुख रामचन्द्र कँडेलले बताए ।

भारतको दुधुवा नेशनल पार्कबाट कैलाली भित्रिएको बाघ हिजो कैलालीको राजमार्ग क्षेत्रमा देखिएको थियो ।


प्रतिक्रिया दिनुहोस्