नेप्से ३३.३३ अंकले घट्यो, निफ्राका लगानीकर्ताले धेरै कमाए

प्रकाशित मिति : २ फाल्गुन २०७७, आइतबार  ३ : २३


काठमाडौं । साताको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) अघिल्लो दिनभन्दा (३३.३३ अङ्क अर्थात्)१.३२ प्रतिशत परिवर्तन भएर नेप्से इन्डेक्स २४९३.५९ अङ्कमा आज बजार बन्द भएको छ।

आजको कारोबार समयमा नेप्से इन्डेक्स बढीमा २५३८.५४४८ र कममा २४८१.३३६५ पुगेको थियो।

आज सबैभन्दा धेरै नेपाल इन्फ्राष्टक्चर बैंकका सेयर लगानीकर्ताले कमाए। नेप्सेमा आज मात्रै कारोबारमा आएको निफ्राको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ।

यस्तै आज सबैभन्दा धेरै सपोर्ट लघुवित्तका लगानीकर्ताले गुमाएका छन्।

नेप्सेका अनुसार आज २ सय २ कम्पनीको १ करोड ४८ लाख ५१ हजार कित्ता सेयर ६ अर्ब ९२ करोड बढी रुपैंयामा कारोबार भयो।

नेप्सेका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये १ वटा मात्र उपसमूहहरुको सेयर बढेको छ।

आज म्युचुअल फण्डको मात्र सेयर बढेको हो। बाँकि ११ वटा उपसमूहको सेयर घटेको छ।

 


प्रतिक्रिया दिनुहोस्