गृहमन्त्रीसँग सपनाले मागिन् शान्ति सुरक्षा

प्रकाशित मिति : असार ७, २०७८ सोमबार


काठमाडौं । विनयजंग बस्नेतले आफू विरुद्ध अभिव्यक्ति दिएको भन्दै सपना रोका मगरले गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई सम्बोधन गर्दै पत्र लेखेकि छन्।

आइतबार प्रहरीमा जाहेरी दिनुपहिले सपनाले गृहमन्त्री बादललाई भेट गरी शान्ति सुरक्षाका साथै न्याय दिन माग गरेकी हुन।

नेपाल मगर संघका अगुवा नेताहरुका साथमा गृहमन्त्री समक्ष पुगेकी सपनाले आफूलाई सामाजिक सञ्जाल मार्फत धम्की दिएको बताएका छन्।

बिबिसीको प्रभावशाली महिलाको सूचीमा परेकी १८ वर्षीया सपनालाई नांगो तस्बिर र भिडियो सार्वजनिक गरिदिने भन्दै बस्नेतले धम्की दिएपछि सपना उजुरी लिएर आइतबार प्रहरीसमक्ष पुगेकी हुन्।

युटुबका भाइरलम्यान बस्नेतले सपनालाई सार्वजनिक रुपमै धम्की दिएपछि केही दिनअघि सपना निवेदन लिएर गृहमन्त्री रामबहादुर थापा बादलसमक्ष पनि पुगेकी थिइन्। गृहमन्त्रीकै सुझावका आधारमा आज सपना जाहेरी लिएर काठमाडौं प्रहरीसमक्ष पुगेका हुन्।

जाहेरी प्राप्त भएको भन्दै काठमाडौंका एसएसपी अशोक सिंहले बस्नेतलाई पक्राउ गर्न अदालतबाट पक्राउ पुर्जी लिन लागिएको जानकारी दिए।

म्याग्दी घर भएकी सपना आफूसँगै बस्ने गरेको बस्नेतले बताएका थिए। पछिल्लो समय सम्बन्धमा तिक्तता आएपछि बस्नेतले सपनाको चरित्रहत्या गर्न थालेका दिए।

 


प्रतिक्रिया दिनुहोस्