कहिलेकाँहि मुटु दुख्ने समस्या छ ? ग्यास्ट्रिक पो हो कि !

प्रकाशित मिति : बैशाख २२, २०७८ बुधबार


पेटको समस्या (ग्यास्ट्रिक) ले छातिको बीच भागमा, घाँटीमा वा छातिको देब्रेतिरको तल्लो भागमा पोल्नु वा असजिलो हुनुलाई हर्ट बर्न भनिन्छ । हर्ट अट्याकको लक्षण हर्ट बर्न सँग मिल्दोजुल्दो हुने गरेकोले यसलाई यकीनसँग छुट्याउन अत्यन्तै जरुरी हुन्छ । धेरै बिरामीले हर्ट अट्याकलाई ‘हर्ट बर्न’ ठानेर ठूलो संकटमा पनि परेका छन् । साथै धेरैले ‘हर्ट बर्न’लाई हर्ट अट्याक भन्ने ठानेर अनावश्यक समय, पैसाको खर्च र मानसिक त्रास समेत भोग्न पुग्छन् ।

हर्ट बर्न र हर्ट अट्याक कसरी छुट्याउने ?

हर्ट बर्न र हर्ट अट्याक छुट्याउने प्रमुख आधार लक्षण नै हो । कुनै जाँचको मद्दतले यसलाई छुट्याउन कठिन हुन्छ ।

१) छातिको बिच्मा वा घाटिमा पोल्नु वा असजिलो हुनु दुबै अवस्थामा हुनसक्छ, तर हर्ट बर्न मा दुखाइ देब्रे हातमा सर्दैन ।

२) हर्ट बर्न मा पहिला देखी गयास्ट्रीक को समस्या हुनु, अमिलो पानी आउनु,माथिलो पेट दुखने हुन्छ तर हर्ट अट्याक मा बिच छातिको ठुलो भाग्मा दुखेको पोलेको वा दबाब जस्तो अनुभव हुन्छ ।

३) वाकवाकी वा बान्ता हुने हर्ट बर्न मा पनि हुन्सक्छ, तर दुखाइ सँग पसीना आउनु हर्ट अट्याक को महत्वपूर्ण लक्षण मानिन्छ ।

४) मानसिक तनाव, मोटोपना, मदिरा सेवन र खानाको गडबडी (अमिलो,चिल्लो,पिरो) ले हर्ट बर्न बढाउछ ।

५) खाना खाएपछी वा धेरै बेर खाली पेट भएमा, नपच्ने खालको बहिर खाना खाएमा हर्ट बर्न को सम्भावना हुन्छ ।

६) मधुमेह, धुम्रपान्, उच्च्कोलेस्टेरोल भएकाले यस्तो लक्षण हुनसाथ मुटु जाँच गर्नु राम्रो हुन्छ ।

७) हर्ट बर्न को उपचार (एन्टासिड्,पन्टोप्राजोल्)शुरु हुने बितिकै आराम हुन थाल्छ , तर हर्ट अट्याक मा उचित उपचार नभएसम्म पुर्न आराम मिल्दैन ।

९) लक्षण को आधार मा कहिलेकाही बिशेसज्ञलाई पनि निदान गर्न कठिन हुने भएकोले, बिरामीको सम्पूर्ण अवस्थालाई ध्यान मा राखेर मात्रै हर्ट बर्न को डायग्नोसिस गरिन्छ ।


डा ओम मुर्ती अनिल/वरिष्ठ मुटु रोग विशेषज्ञ


प्रतिक्रिया दिनुहोस्