मेस्सीको दोहोरो गोलले बार्सिलोनाको जित

प्रकाशित मिति : २ फाल्गुन २०७७, आइतबार  ७ : ४०


काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत आज सम्पन्न खेलमा बार्सिलोनाले अलाभेसमाथि फराकिलो जित निकालेको छ। क्याम्प नाउमा भएको खेलमा घरेलु टोली बार्सिलोनाले अलाभेसमाथि ५–१ गोलअन्तरको फराकिलो जितमा मेस्सीको दोहोरो गोलको भूमिका रह्यो ।

खेलको २९ औं मिनेटमा फ्रान्सिस्को ट्रिन्काओको गोलमा बार्सिलोनाले खेलमा अग्रता लियो। त्यस्तै पहिलो हाफको इन्जुरी समयमा लियोनल मेस्सीले गोल थप्दा पहिलो हाफमा बार्सिलोना दुई गोलले अगाडि रह्यो।

दोस्रो हाफमा अलाभेसका लुइस रिओजाले गोल फर्काए। उनले ५७ औ मिनेटमा गरेको गोल नै सान्त्वना गोल बन्यो।

त्यस्तै ७४ औं मिनेटमा ट्रिनकाओले ब्यक्तिगत दोस्रो गोल थप्दा मेस्सीले ७५ औं मिनेटमै अर्को गोल थपे। त्यस्तै ७९ मिनेटमा जुनियर फिर्पोले गोल गर्दा बार्सिलोनाले ५-१ को सहज जित निकाल्न सफल भयो। जितसँगै बार्सिलोना अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ।


प्रतिक्रिया दिनुहोस्