पशुपतिनाथको अपमान गरेको भन्दै नेकपा नेताको पुतला दहन

प्रकाशित मिति : १ फाल्गुन २०७७, शनिबार  ७ : ४९


काठमाण्डौ । भगवान श्री पशुपतिनाथको अपमान गरेको भन्दै विश्व हिन्दू परिषद नेपालले नेकपा (प्रचण्ड–माधव नेपाल समूह) का नेताहरुको पुतला दहन गरेको छ।

विश्व हिन्दू परिषद नेपालले जनकपुर, विराटनगर, पोखरा लगायतका देशका प्रमुख शहरहरुमा नेकपाका रघुजी पन्त, लगायतका नेताहरुको पुतला दहन एवं विरोध र्याली निकालेको हो।

माघ २८ गते सरकार विरुद्धको राजनैतिक विरोध र्यालीको क्रममा नेताहरुले पशुपतिनाथ विरुद्ध अभद्र टिप्पणी गरेका थिए ।

पशुपतिनाथको अपमान गरिएको भन्दै परिषदले प्रेस विज्ञप्ति समेत जारी गर्दै विरोध जनाएको थियो।

विज्ञप्तिमा धर्म संस्कृति विरोधी तत्व समग्र राष्ट्र कै लागि घातक रहेको भन्दै सम्पूर्ण हिन्दू समाजलाई एकजुट भई यस्ता तत्वहरुको पर्दाफास गर्न अपिल गरेको थियो।


प्रतिक्रिया दिनुहोस्