प्रचण्ड-नेपाललाई मन्त्री रायमाझीको सुझाव : चुनाव नचाहेको भए वैद्य समूहमा जानुस्

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


काठमाडौं । ऊर्जा मन्त्री टोपबहादुर रायमाझीले निर्वाचन बहिष्कार गर्ने हो मोहन वैद्य समूहसँग जना प्रचण्ड–नेपाललाई सुझाब दिएका छन्।

शनिबार बुटवलमा आयोजित आमसभालाई सम्बोधन गर्दै नेता रायमाझीले प्रतिनिधिसभा पुनःस्थापना कुनै हालतमा नहुने बताए।

आफूहरु ३ बर्षसम्म केपी शर्मा ओली नेतृत्वको सरकारमा बसेर अहिले घरमै आगो लगाएर गएको मन्त्री रायझामीले आरोप लगाए।

चुनावमा जाने भए एक नम्बर अध्यक्ष ओलीको हस्ताक्षर भएको टिकट लिएर जान र बहिष्कारमा जाने भए वैद्य समूहमा जान प्रचण्ड माधव नेपालाई मन्त्री रायमाझीले सुझाब दिए।

उनले यी दुई बाहेक प्रचण्ड–नेपाल समूहसँग कुनै विकल्प नभएको बताए।

उनले निर्वाचन आयोगले पार्टी नफुटेको बताएका कारण प्रथम अध्यक्ष ओलीको मात्रै हस्ताक्षर चल्ने बताए।

‘वैशाख १७ र २७ मा मध्यावधि चुनाव हुनेवाला छ, पार्टी छाडेर सडकमा गएका साथीहरुले के सोच्न जरुरी छ भने, कि उहाँहरुसँग केपी शर्मा ओलीजीको सिग्नेचर भएको पार्टीको टिकट र निर्वाचन चिन्ह लिएर चुनावमा जानु पर्‍यो’, उनले भने, ‘कि उहाँहरु पार्टीबाट चोइटिएर बाहिर जानु पर्‍यो, चुनाव बहिष्कार गर्ने हो भने मोहन वैद्यसँग जानु पर्‍यो।’


प्रतिक्रिया दिनुहोस्