बलात्कारीलाई सार्वजनिक गर्न माग गर्दै प्रदर्शन

प्रकाशित मिति : असार ३, २०७८ बिहीबार


बलात्कारीलाई सार्वजनिक गर्न माग गर्दै काठमाण्डौको माईतिघर मण्डलामा शनिबार पनि युवायुवतीले प्रदर्शन गरेका छन्।

आँखामा कालोपट्टी बाँधेर विरोध प्रर्दशनमा उत्रिएका युवतीहरुले बलत्कारी हत्याराहरुलाई सार्वजनिक गर्न र पीडीतलाई न्याय दिन माग गर्दे नाराबाजी गरेका हुन्।

उनीहरुले केही समय धर्ना समेत दिएका थिए । सेतो लुगा लगाएर कपाल फिँजाएर ब्यानर सहित अग्रभागमा तीन जना महिलाले प्रतिकात्मक रुपमा विरोध प्रर्दशन गरेका थिए।

उनीहरुको पछाडि मुखमा कालो टेप लगाएका युवतीहरु थिए।

सोही बीचमा आँखामा कालो पट्टी लगाएर युवतीहरुले महिला सुरक्षा, अपराधीलाई कारवाही र पीडीतलाई न्याय दिन माग गरिरहेका थिए।

उनीहरुले तिम्रा कानुन चाहिँदैन छोरी मार्न पाईदैन, बलात्कारी सरकार मुर्दावाद हत्यारालाई सार्वजनिक गर, बलात्कारीलाई फाँसी दे जस्ता नाराबाजी गरेका थिए।

मुलुकका विभिन्न स्थानमा बालिका बलात्कार र हत्यामा संलग्नको पहिचान र कारवाही नभएपछि त्यसको विरोधमा दोषिलाई कारवाही, पिडितलाई न्याय र बालिका तथा महिला सुरक्षाको प्रत्याभुति गर्न माग गदै काठमाण्डौमा दिनहुँ प्रर्दशन हुदै आएको छ।


प्रतिक्रिया दिनुहोस्