पूर्वप्रधानमन्त्री खनाल अपोलो अस्पताल भर्ना

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


काठमाडौं । सत्ताधारी नेकपाको प्रचण्ड-माधव समूहका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालको भारतको नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा उपचार सुरु भएको छ।

उनी आजै श्रीमती रविलक्ष्मी चित्रकार सँगै दिल्ली गएका थिए।

भारतका लागि नेपाली राजदूत निलम्बर आचार्यले अस्पतालमै भेटेर उनको शीघ्र पूर्ण स्वास्थ्यलाभको कामना गरेका छन्।

नेता खनाल नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत आज दिल्ली प्रस्थान गरेका हुन्।

नेता खनाल केही दिन दिल्लीमा रहने छन्। पारिवारिक स्रोतका अनुसार शरीर काँप्ने रोगको उपचारका लागि खनाल चीन जान चाहेका थिए। तर चीनमा १४ दिन क्वारेन्टिनमा बस्नै पर्ने बाध्यताका कारण उनी दिल्ली गएका हुन्।

पीसीआर परिक्षण नेगेटिभ रहेको रिपोर्टसहित गएपछि भारतमा क्वोरिन्टनमा बस्नु पर्ने अनिवार्यता छैन। यसअघि अमेरिका र चीनमा खनालले उपचार गराएका थिए।


प्रतिक्रिया दिनुहोस्