दक्षिण कोरिया र अमेरिकी विदेशमन्त्रीबीच फोनवार्ता

प्रकाशित मिति : असार ३, २०७८ बिहीबार


दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाका विदेशमन्त्रीबीच फोन वार्ता भएको बताइएको छ । उनीहरुबीच शुक्रबार भएको फोनवार्तामा कोरियाली प्रायद्वीपका बारेमा कुराकानी भएको बताइएको हो।

दक्षिण कोरियाका विदेशमन्त्री चुङ इयुङ र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनबीचमा सो कुराकानी भएको हो।

उनीहरुबीच कोरियाली प्रायद्वीपका साथै अमेरिका र कोरियाबीचको आपसी सहयोग र समझदारीका बारेमा कुराकानी भएको बताइएको हो।

यसका साथै अरु पनि क्षेत्री र अन्तर्राष्ट्रिय विषयहरुमा कुराकानी भएको समाचारमा जनाइएको हो।

उनीहरुका बीचमा आगामी दिनमा कोरियाली प्रायद्वीपमा निसस्त्रीकरण गर्ने विषयमा पनि कुराकानी भएको थियो।

उनीहरुले उत्तर कोरियाको विषयमा फोनमा कुराकानी गरेका थिए।

उत्तर कोरियालाई आगामी दिनमा कोरियालाई निसस्त्रीकरण के कसरी गर्न सकिन्छ भन्ने बरेमा पनि त्यस अवसरमा कुराकानी भएको समाचारमा जनाइएको छ।

यसका साथै उनीहरु आगामी केही समयमा नै भेटेर द्विपक्षीय वार्ता गर्ने सहमति गरेका छन्। उनीहरुले आगामी दिनमा जतिसक्दो चाँडो नै द्विपक्षीय वार्ता गर्ने बताएका हुन।


प्रतिक्रिया दिनुहोस्