भागरथीको लागि न्याय माग्दै काठमाडौंमा प्रतिकात्मक शव जुलुस

प्रकाशित मिति : असार ५, २०७८ शनिबार


काठमाडौं । बैतडीकी १७ बर्षीया किशोरी भागरथी भटट्को हत्यारालाई कारवाही हुनुपर्ने माग राख्दै देशका विभिन्न स्थानमा प्रदर्शन भइरहेका छन्।

शुक्रबार राजधानी काठमाडौंमा समेत प्रदर्शन भएको छ। बृहत नागरिक आन्दोलनको अगुवाईमा कालो कपडा लगाएर महिलाहरु मार्चमा सहभागि भएका छन्।

मार्चमा प्रतिकात्मक शव र मलामीसहित वसन्तपुरदेखि सिंहदरबार मूलगेटसम्म मार्चपास भएको हो।


बैतडीको दोगडाकेदार गाउँपालिका–७ चेडेपानीकी १७ वर्षीया भागरथीको हत्यारालाई अझै पत्ता लाग्न सकेको छैन।

घटनाका दोषी पक्राउ नपर्दासम्म मृतकका परिवारले शव नबुझने अडान लिएका छन्।

प्रहरी टोली घटनाबारे गम्भीर ढङ्गले अनुसन्धान गरिरहेको भएपनि अपराधी पक्राउ पर्न सकेको छैन्।


प्रतिक्रिया दिनुहोस्