मातृ शोकको एक महिना नपुग्दै नेकपा नेता माधव अर्याललाई पत्नी शोक

प्रकाशित मिति : असार ९, २०७८ बुधबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता माधव अर्याललाई पत्नी शोक परेको छ ।

मातृ शोकको एक महिना पूरा नहुँदै अर्याललाई पत्नी शोक परेको हो ।

अर्यालकी पत्नी विना अर्यालको शुक्रबार बिहान कीर्तिपुर अस्पतालमा निधन भएको उनको पारिवारले जनाएको छ ।

अर्यालको मातको यसअघि माघ ३ गते निधन भएको थियो । आमाको किरिया बसेको समयमा आर्याल पत्नी बिनाको शरिरमा आगोले पोलेको थियो ।

सोही घाउको उपचारको क्रममा उहाँको निधन भएको बुझिएको छ ।


प्रतिक्रिया दिनुहोस्