राजीनामा दिने तयारीमा टोकियो ओलम्पिकका प्रमुख योशिरो मोरी

प्रकाशित मिति : असार ७, २०७८ सोमबार


काठमाडौं । टोकियो ओलम्पिकका प्रमुख योशिरो मोरी राजीनामा दिने मनस्थितिमा पुगेका छन् । उनले महिला अधिकारीबारे गरेको टिप्पणीका कारण जापान र विदेशमा आलोचना हुन थालेपछि राजीनामा दिन लागेको जापानको सञ्चारमाध्यमले जनाएका छन् ।

जापानका पूर्व प्रधानमन्त्रीसमेत रहेका मोरीले जापानी ओलम्पिक समितिका सदस्यहरूलाई आफूले गत हप्ता गरेको टिप्पणीका कारण यो निर्णय लिन दवाव परेको बताइएको छ ।

राजीनामा दिनै पर्ने गरी के बोलेका थिए उनले ?

उनले ‘महिलाहरू बैठकमा बढी बोल्छन्’ भनी गरेको अभिव्यक्तिलाई लैङ्गिक रूपमा विभेधकारी रहेको भनी राजनीतिक वृत्तमा आलोचनापछि यो निर्णय आउन लागेको नाम नबताउने शर्तमा अधिकारीहरूले बताएका जापानी सञ्चारमाध्यममा उल्लेख गरिएको छ ।

“जब तपाईं महिला कार्यकारी सदस्यहरूको सङ्ख्या बढाउनुहुन्छ, यदि उनीहरूको बोल्ने समय एक निश्चित नभएमा उनीहरूले आफ्नो भनाईलाई निश्कर्षमा पुर्‍याउन कठिनाई हुने र यो अप्रिय हुने गर्छ,” उनले भनेका थिए।


प्रतिक्रिया दिनुहोस्