झाँक्रीको समर्थनमा उत्रेका कार्यकर्ता र प्रहरीबीच झडप

प्रकाशित मिति : असार ९, २०७८ बुधबार


प्रचण्ड-माधव समूहको नेकपाकी नेत्री रामकुमारी झाँक्रीको गिरफ्तारीविरुद्ध बानेश्वरमा प्रहरी र बिरोधमा उत्रिएका प्रदर्शनकारीबीच झडप भएको छ।

बिहिबार साँझ बानेश्वरमा इँट्टा र लाठी हानाहान हुँदा केही युवा घाइते भएका छन् भने प्रहरीको एउटा सवारी साधनको शिशा फुटेको छ। झडपका क्रममा कान्तिपुर दैनिकका फोटो पत्रकार कविन अधिकारी घाइते भएका छन्।

नेतृ झाँक्री पक्राउ परेको विरोधमा नयाँ बानेश्वरमा गरिएको प्रदर्शनको तस्बिर लिने क्रममा अधिकारी घाइते भएका हुन्। उनको कुर्चुच्चाको हड्डी भाँचिएको चिकित्सकले बताएका छन्।

प्रहरीले रामकुमारीलाई राज्य विरुद्धको कसुरअन्तर्गत सोधपुछका लागि आज बिहान शंखमुल स्थित घरबाट नियन्त्रणमा लिएको थियो। राष्ट्रपतिलाई सम्मान गर्ने प्रतिवद्धता जनाएपछि र चौतर्फी दबाबपछि उनलाई प्रहरीले आजै रिहा गरिएको छ।


प्रतिक्रिया दिनुहोस्