मन्त्री रायमाझीको स्पष्टोक्ति : प्रचण्ड-माधव समूहमा जाँदैन

प्रकाशित मिति : असार ५, २०७८ शनिबार


नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले आफू नेकपाको दाहाल–नेपाल समूहमा जाने लागेको भनी गरिएका टिप्पणीप्रति आपत्ति जनाएका छन।

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री समेत रहेका रायमाझीका प्रमुख स्वकीय सचिव लीला जिसीले आज विज्ञप्ति जारी गरी मन्त्री रायमाझी प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार र पार्टीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने दीर्घकालीन र दूरदर्शी लक्ष्यका पक्षमा रहेको स्पष्ट गरिएको छ।

विज्ञप्तिमा पदविना एकछिन पनि बस्न नसक्ने केही नेताहरुको गलत प्रचारको अलमलमा नगरी पार्टीलाई एकताबद्ध, जनमुखी र लोकप्रिय बनाउँदै विकास र समृद्धिमा केन्द्रित हुन आग्रह गरिएको छ।

केपी ओली नेतृत्वको वर्तमान सरकारमा रहेका २ मन्त्री आफ्नो समूहमा आउनको लागि छलफल गरिरहेको समेत माधव-प्रचण्ड समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबारको आमसभामा बताएका थिए।

ओली समूहको नेकपाका सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा र उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री माननीय टोपबहादुर रायमाझी प्रचण्ड-माधव समूहमा जान लागेको भन्दै प्रचार भएपछि उक्त पक्षले आपत्ति जनाएको हो।


प्रतिक्रिया दिनुहोस्