नेकपा नेतृ रामकुमारी झाँक्री रिहा

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


काठमाडौं । प्रचण्ड-माधव नेपाल नेतृत्वको नेकपाकी नेतृ रामकुमारी झाँक्री रिहा भएकी छन्। राज्य विरुद्धको कसुरमा प्रहरीले सोधपुछका लागि उनलाई शंखमुल स्थित घरबाटै बिहान पक्राउ गरेको थियो।

महानगरीय अपराध महाशाखाले पशुपति पुरीको जिम्मा जमानीमा नेत्री झाँक्रीलाई रिहा गरेको हो।

उनलाई प्रहरीले नियन्त्रणमा लिएको ५ घण्टामा रिहा गरेको हो।

गोरखामा आयोजित एक कार्यक्रममा राष्ट्रपतिविरुद्ध अभिव्यक्ति दिएको भन्दै झाँक्रीलाई प्रहरीले राज्य विरुद्धको कसूर गरेको आरोपमा पक्राउ गरेको थियो।

राष्ट्रपतिको मानमर्दन गरेको आरोपमा पक्राउ परेकी नेतृ झाँक्रीले संवैधानिक राष्ट्रपतिप्रति आफ्नो सम्मान रहेको लिखित बयान दिएपछि रिहा गरिएको हो।


प्रतिक्रिया दिनुहोस्