प्रधानमन्त्री ओलीद्वारा निर्माणधिन धरहराको निरीक्षण

प्रकाशित मिति : जेष्ठ ३१, २०७८ सोमबार


प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणाधिन प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र धरहराको निरीक्षण गरेका छन।

बिहिबार प्रधानमन्त्री ओलीले पुर्ननिर्माण भईरहेको प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र धरहराको अवलोकन गरेका हुन। भुकम्पको कारण क्षतिग्रस्त प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र धरहराको पुर्ननिर्माण भईरहेको छ।

सिंहदरबारको पुर्ननिर्माणको कामप्रति प्रधानमन्त्रीले सन्तोष व्यक्त गरेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिए।

सिंहदरबारको पुनर्निर्माणको काम सकेर फागुन ३ गते उद्घाटन गर्ने ज्ञवालीले जानकारी दिए।

धरहरा पुनर्निर्माणको काम पनि राम्रो भएको प्रधानमन्त्रीले प्रतिक्रिया दिएको ज्ञवालीले बताए।

धरहराको २१ तलासम्मको पुनर्निर्माणसम्मको काम सम्पन्न भइसकेको र बाँकी रहेको दुई तलाको निर्माण कार्य फागुन महिना भित्रै सम्पन्न गर्नेगरी काम अघि बढेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस्