झाँक्रीले प्रधानमन्त्री र राष्ट्रपति विरुद्ध त्यस्तो के बोलिन् जसले उनलाई प्रहरी घर पुर्यायो?

प्रकाशित मिति : असार १०, २०७८ बिहीबार


काठमाडौं । प्रतिनिधिसभा विघटनपछि सत्ताधारी नेकपा समूहमा विभाजित छ। एक समूहले अर्को समूहलाई आरोप प्रत्यारोप लगाइरहेका छन्।

प्रचण्ड-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले हालै गोरखामा आयोजित सभामा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीमाथि निशाना बनाउँदै भाषण गरेकी थिइन्।

झाँक्रीले प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारी मिलेर देशलाई पछाडि धकेलेको भन्दै सत्तामा बस्न कुनै नैतिकता बाँकी नरहेको आरोप लगाएकी थिइन्। साथै राष्ट्रपति भण्डारीको चरित्रमाथि प्रश्न उठाँउदै बालकोट (प्रधानमन्त्री ओलीको निवास) मै गएर बस्न भनेकी थिइन्।

यस्तो छ गोरखामा झाँक्रीले गरेको सम्बोधनको अंश जसका कारण उनलाई पक्राउ गर्न प्रहरीमाथि चौतर्फी दबाब थियो।

झाँक्रीको गिरफ्तारी विरुद्ध नेकपा नेताहरुले विरोध गरिहेका छन्। तर, केहिले भने अभिव्यक्ति स्वतन्त्रताको नाममा जथाभावी बोल्नेमाथि प्रहरीको कदम सही भएको प्रतिक्यिा दिएका छन्।


प्रतिक्रिया दिनुहोस्