झाँक्रीको गिरफ्तारीविरुद्ध सर्वोच्चमा निवेदन दर्ता, २ गते पेशी

प्रकाशित मिति : असार ७, २०७८ सोमबार


काठमाडौं । प्रहरीले गैरन्यायिक रुपमा नेकपा नेतृ रामकुमारी झाँक्रीलाई गिरफ्तार गरेको भन्दै सर्वोच्च अदालतमा मुद्धा दायर भएको छ।

अभिवक्ता गुणराज आचार्यले झाँक्रीको रिहाइका लागि वन्दिप्रत्यक्षिकरण रिट दर्ता गरेका हुन। सो रिटका लागि फागुन २ मा पेशी तोकिएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध अभिव्यक्ति दिएको आरोपमा प्रहरीले उनलाई बिहीबार बिहान उनकै निवासबाट पक्राउ गरेको थियो। झाँक्रीले राष्ट्रपति पदको कुनै लिंग नहुने र राष्ट्रपतिका विरुद्धमा पनि बोल्न पाइने बताएकी थिइन्।


प्रतिक्रिया दिनुहोस्