उत्तराखण्ड हिमपहिरोमा सुदुरपश्चिमका ३ नेपाली वेपत्ता

प्रकाशित मिति : फाल्गुन १९, २०७७ बुधबार


काठमाडाैं । भारतको उत्तराखण्डको चमौली जिल्लामा हिमनदी फुटेपछि आएको बाढीमा परेर वेपत्ता हुनेमा ३ जना नेपालीको नाम सार्वजनिक भएको छ ।

स्थानीय प्रशासनले सोमबार वेपत्ता हुने ३ नेपाली सहित १ सय २५ जनाको नाम र ठेगाना सार्वजनिक गरेको छ । वेपत्ताको सूचीमा नाम रहेका नेपालीहरुमा सोहन चौधरी, शंकर चौधरी र विष्णु मल्ल रहेका छन् ।

उनीहरु तीनैजना नेपाली सुदूरपश्चिम प्रदेश कैलाली जिल्ला, टिकापुरका वासिन्दा हुन् ।स्थानीय प्रशासनले १ सय १५ जनाको नाम सार्वजनिक गरेपनि २ सयभन्दा बढी व्यक्ति वेपत्ता भएको समाचार आइरहेको छ ।

स्थानीय हाइड्रोपावरको सुरुङमा फसेका केही नेपालीहरुको भने उद्दार गरिएको छ । वेपत्ता हुनेहरुमा सबैभन्दा बढी भारत उत्तर प्रदेशका वासिन्दा रहेका छन् । उत्तर प्रदेशका ४६ जना वेपत्ता भएका छन् ।

त्यस्तै उत्तरखण्डका ४२, झारखण्डका १३, पञ्जावका ४, बिहारका ३, नेपालका ३, पश्चिम बंगालका २, जम्मु कश्मीरका १ र ओडिसाका १ जना रहेका छन् । वेपत्ताहरुको खोजी कार्य तिव्र रुपमा भैरहेको स्थानीय प्रशासनले जनाएको छ । वेपत्ता हुने अधिकांश हाइड्रोपावरमा कार्यरत मजदूर रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्