प्रधानमन्त्रीले गर्ने शिलान्यास कार्यक्रम मेयर दाहालद्वारा बहिष्कार

प्रकाशित मिति : १७ माघ २०७७, शनिबार  ३ : ३०


काठमाडौं । आफ्नै महानगरमा बन्न लागेको सिटी हल (सभाहल)को शिलान्यास समारोह भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले बहिस्कार गरेकी छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले सिटी हल शिलान्यास गर्ने भएपछि मेयर दाहालले सो कार्यक्रम बहिस्कार गरेकी हुन्।

शहरी विकास मन्त्रालयले बनाउने सिटी हल भरतपुर महानगरपालिकाको वाइपास रोड नजिक बन्दैछ।

जिल्ला समन्वय समिति चितवनले उपलब्ध गराएको चार बिघा चार कठ्ठा जग्गामा सिटी हल बन्न लागेको हो।

प्रधानमन्त्री सो कार्यक्रममा आउने जानेकारी पाएपछि यसअघि शुक्रबार नै मेयर दाहालले सो कार्यक्रम बहिष्कार गर्ने बताएकी थिइन्।


प्रतिक्रिया दिनुहोस्