धनगढी विमानस्थलमा प्रचण्डलाई बुहारी बिनाको स्वागत

प्रकाशित मिति : १७ माघ २०७७, शनिबार  २ : ४१


काठमाडौं । सुदुरपश्चिम प्रदेशको राजधानी रहेको धनगढीमा प्रचण्ड माधव नेपाल नेतृत्वको नेकपाले आज जनसभाको आयोजना गरेको छ।

सो सभालाई सम्बोधन गर्नको लागि नेकपा अध्यक्ष दाहाल, नेता माधव कुमार नेपाल, पूर्वगृहमन्त्री भीम रावल लगायतका नेता धनगढी पुगिसकेका छन्।

धनगढी विमानस्थलमा पुगेका नेताहरुलाई स्वागत गर्न मुख्यमन्त्री त्रिलोचन भट्ट, पूर्व खानेपानी मन्त्री बिना मगर लगायतका व्यक्तित्व पुगेका थिए।

नेताहरु धनगढी पुगिसकेपछि सो समूहले र्‍याली निकालेर शक्ति प्रदर्शन गरेको छ।

उक्त र्‍यालीको कमान्डिङ नेकपा प्रचण्ड–नेपाल समूह सुदूरपश्चिमका प्रदेश इन्चार्ज भीम रावलले गरेका छन्।

धनगढीको चौराहा र क्याम्पस रोडबाट सुरु भएको र्‍याली कार्यक्रम स्थल खुलामञ्चम पुगेर टुङ्गिएको छ। विरोध सभामा अहिले नेताहरुले सम्बोधन गरिरहेका छन्।


प्रतिक्रिया दिनुहोस्