अनामनगरमा ६५ रुपैंयामा खाना

प्रकाशित मिति : १७ माघ २०७७, शनिबार  २ : ०९


काठमाडौं । श्रमिक र असहाय वर्गलाई लक्षित गरेर काठमाडौंको अनामनगरमा ६५ रुपैंयामा खाना खुवाइने भएको छ।

यहि माघ १७ बाट हाम्रो टिम नेपालले ‘हाम्रो खाना घर’ सञ्चालनमा ल्याउन लागेको छ।

सो टिमले उपत्यकामा श्रमिक, असहाय र अतिविपन्न वर्गलाई निःशुल्क खाना खुुवाउने अभियानलाई निरन्तरता दिन ‘हाम्रो खाना घर’को सुरुवात गरेको हो।

सस्तोमा खुवाइने खानाबाट बचेको पैसाले अति विपन्न वर्गलाई निःशुल्क खाना खुवाउन सहयोग पुग्ने उद्देश्यले खाना घरको थालनी गरिएको हो ।

 


प्रतिक्रिया दिनुहोस्