धनगढी । केही दिन अघि धनगढीमा आयोजित सभामा सम्बोधन गर्न पुगेका प्रधानमन्त्री केपी शर्मा ओली गुटको कार्यक्रममा आएको भन्दै स्वागत गर्न नगएका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट प्रचण्ड–माधव नेपाललाई स्वागत गर्न पुगेका छन् ।
गुटको कार्यक्रममा सहभागी हुन पुगेका भट्टले पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई भट्टले स्वागत गरेका थिए । नेताहरुको स्वागतका लागि उनी धनगढी विमानस्थल पुगेका थिए ।
प्रदेशका मुख्यमन्त्री संघीय सरकारका प्रमुखको स्वागतका लागि नपुगेको तर आफ्ना गुटका नेताहरुको स्वागतका लागि विमानस्थल गएको भन्दै उनको आलोचना भइरहेको छ ।
नेकपाको प्रचण्ड माधव समूहले आज धनगढीमा विरोध सभा आयोजना गरेको छ । त्यसमा सम्बोधन गर्न नेकपाका एक जना अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई लिन मुख्यमन्त्री भट्टसहित सुदूरपश्चिम प्रदेशका मन्त्रीहरू धनगढी एयरपोर्ट पुगेका हुन् । अर्का अध्यक्ष प्रचण्ड पनि धनगढी पुग्दै छन् । उनको स्वागतका लागि मुख्यमन्त्री भट्टसहितको समूह फेरि धनगढी एयरपोर्ट पुगेका छन् ।