काठमाडौं । चौथो संस्करणको प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिताको फाइनले खेल आज हुँदै छ । प्रतियोगिताको उपाधिका लागि विभागीय टोली नेपाल आर्मी र एपीएफ खेल्दैछन् ।
एपीएफले टस जितेर फिल्डिङ रोजेको छ । विभागीय टोली आर्मी प्रधानमन्त्री कप क्रिकेटमा लगातार चौथो पटक फाइनलमा खेल्दै छ ।
पहिलो संस्करणको प्रधानमन्त्री कप क्रिकेटमा नेपाल पुलिससँग उपाधि बाँडेको आर्मी त्यसपछिका दुई संस्करणमा भने फाइनलमा पराजित भएको थियो ।
प्रतियोगिताको दोस्रो संस्करणको प्रतियोगितामा एपीएफले आर्मीलाई नै हराएर उपाधि जितेको थियो ।