शनिवार जन्म हुने व्यक्तिका प्रमुख १० गुण तथा विशेषताहरु

प्रकाशित मिति : १७ माघ २०७७, शनिबार  ६ : ०२


ज्योतिषशास्त्र अनुसार तिथि, वार, नक्षत्र, योग, करण लगायत कुराले नै मानिसको विचार, व्यवहार तथा उसको भाग्यमा असर पारेको हुन्छ । कुनै पनि व्यक्तिको विचार, व्यवहार तथा भाग्यमा ऊ जन्मेको वारले पनि असर र प्रभाव पार्छ । आज हामीले शनिवार जन्मिएका मानिसको विचार तथा व्यवहार र उनीहरुका आनीवानी तथा विशेषताबारे यो आलेखमा उल्लेख गर्दै छौं । यो आलेखमा शनिवार जन्म हुने व्यक्तिका प्रमुख १० गुण तथा विशेषताहरुबारे चर्चा गरिएको छ ।

१) शनिवार जन्मेका व्यक्ति निकै शहनशिल, गम्भीर र जिम्मेवार हुने गर्दछन् ।

२) शनिवार जन्महुने व्यक्तिहरु निकै मेधावी, बुद्धिमान र बिजनेस माइन्डका हुन्छन् । अर्को शब्दमा भन्ने हो भने शनिवार जन्मिएका व्यक्ति हरेक कुरामा परफेक्ट बन्ने प्रयास गर्छन् ।

३) शनिवार जन्महुने व्यक्तिहरु उच्च स्तर वा क्लास वस्तुहरु मनपराउने हुन्छन् । लगाउने लुगादेखि जुत्तासम्मले यिनीहरुको हाई क्लास पर्सनालिटी झल्काउँछ ।

४) शनिवार जन्महुने व्यक्तिहरु सफा मनका हुन्छन, कसैलाई पनि ठेस पुर्याउन नचाहाने तर स्पष्ट वक्ताको रुपमा आफ्नो भावना व्यक्त गर्न सक्षम हुन्छन् ।

५) शनिवार जन्म हुने व्यक्तिले कुनै पनि सम्बन्धलाई निकै महत्व दिन्छन् । चाहे साथीभाई होस वा परिवारका सदस्य उनीहरुका लागि जे पनि गर्न तयार हुन्छन् ।

६) शनिवार जन्महुने व्यक्तिहरु आर्थीक मामलामा जिम्मेवार हुन्छन् । आफ्नो आम्दानी र खर्च बिच समन्वय गरि भविष्यका लागि बचत गर्ने प्रवृत्तिका हुन्छन् ।

७) शनिवार जन्महुने व्यक्तिहरु लाई गित संगीत एवं खेलकेदमा एकदमै रुची हुन्छ । यस क्षेत्रबाट आफ्नो छुट्टै पहिचान बनाउन सक्षम हुन्छन् ।

८) शनिवार जन्महुने व्यक्तिलाई हत्तपत्त रिस उठ्दैन वा देखाउँदैनन्, तर रिस उठेपछि नराम्रो सँग उठ्छ र गलत कुराहरुलाई सहन नसक्ने हुन्छन् । यस्तो अवस्थामा उनीहरुलाई झगडा गरेर कहिलै जित्न सकिँदैन । सम्झाएर नै अगाडी बढ्नु उत्तम हुन्छ ।

९) शनिवार जन्म हुने व्यक्तिमा नेतृत्व गर्न सक्ने क्षमता उच्च हुन्छ । सामाजिक एवं राजनीतिक क्षेत्रमा काम गरी उच्च स्थानमा पुग्न सक्षम हुन्छन् ।

१०) शनिवार जन्महुने व्यक्तिको वैवाहिक जीवन सुखमय हुन्छ, किनभने आफ्नो जीवनसाथीलाई राम्रो केयर गर्ने र हरेक किसिमले खुशी राख्ने उनीहरुको स्वभाव र चाहना हुन्छ ।


तस्वीरमा– बलिउड अभिनेत्री कट्रिना कैफ, जसको जन्मवार पनि शनिवार नै हो


प्रतिक्रिया दिनुहोस्