भोलि चितवनमा प्रधानमन्त्री अ‍ोलीले सम्बोधन गर्ने, कार्यक्रम रोक्न प्रचण्ड पक्षको माग

प्रकाशित मिति : १६ माघ २०७७, शुक्रबार  ८ : ४१


काठमाडौं । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा अ‍ोली शनिबार चितवनमा आयोजित सभालाई सम्बोधन गर्ने भएका छन्।

भरतपुरको केन्द्रीय बसटर्मिनलमा हुने बृहत जनसभालाई सम्बोधन गर्न ओली चितवन जान लागेका हुन् ।

सभालाई सम्बोधन गर्नुअघि ओलीले भरतपुरमा बन्न लागेको सिटी हल र गोन्द्राङ–पुल्चोक सडक विस्तारको शिलान्यास गर्ने कार्यक्रम रहेको छ । दिउँसो १२ः३० बजेबाट आमसभा सुरु हुनेछ । सभामाअघि पूर्व क्षेत्रको बसन्तचोक,पश्चिम क्षेत्रको चौविसकोठी र उत्तर क्षेको मालपोत चोकबाट र्‍याली निकालिनेछ।

जनसभामा प्रधानमन्त्री ओलीसहित,उपप्रधानमन्त्री इश्वर पोखरेल,गृहमन्त्री रामबहादुर थापा ‘बादल’ भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ, शहरी विकासमन्त्री प्रभु शाह लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री ओली चितवन जाने भएपछि निकै लामो समयदेखि अलपत्र बनेको भरतपुर वाइपास सडकखण्डमा धमाधम पिच गर्ने काम भैरहेको छ।

यसैबीच, प्रचण्ड र माधव कुमार नेपाल नेतृत्वको समूहले सो कार्यक्रम रोक्न्न माग गरेको छ।


प्रतिक्रिया दिनुहोस्