विद्युत प्राधिकरणका चार जना कर्मचारी घुस रकमसहित पक्राउ

प्रकाशित मिति : १६ माघ २०७७, शुक्रबार  ८ : ३३


बर्दिबास । नेपाल विद्युत प्राधिकरणका चार जना कर्मचारी घुस रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बर्दिबास खटेको टोलीले शुक्रबार पाँच हजार घुससहित महेन्द्रनगरस्थित विद्युत प्राधिकरण अन्तर्गत ढल्केवर फ्युज शाखामा कार्यरत चार जना कर्मचारीलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कर्मचारीहरु जगत नारायण साह, नवलकिशोर महतो, मनोहर कुमार महतो र एम कुमार महतो रहेको अख्तियारले जनाएको छ ।

उनीहरुलाई मिथिला नगरपालिका–५ स्थित विश्रामपुरबाट घुस रकमसहित नियन्त्रणमा लिएको हो ।

एक कुखुरा फर्ममा विद्युत जडान गरी दिएवापत सेवाग्राहीसँग गैरकानूनी रुपमा पाँच हजार घुस लिइरहेको बेला उनीहरुलाई पक्राउ गरेको अख्तियारले जनाएको छ।

अख्तियारका अनुसार उनीहरुमाथि थप अनुसन्धन भइरहेको छ।

 


प्रतिक्रिया दिनुहोस्