इन्दिरा गान्धीको अभिनय गर्दै कंगना

प्रकाशित मिति : १६ माघ २०७७, शुक्रबार  ६ : ५६


मुम्बई । बलिउड नायिका कंगना रनौत नयाँ फिल्ममा इन्दिरा गान्धीको भूमिकामा देखिने भएकी छन्।

जयललितापछि कंगना अब इन्दिरा गान्धीको भूमिकामा देखिने भएकी हुन। उनले सामाजिक सञ्जालमा तस्विर सेयर गर्दै यसबारे जानकारी दिएकी छन्। यो एक पोल्टिकल पीरियड ड्रामा मूभी हुने बताइएको छ।

 

View this post on Instagram

 

A post shared by Kangana Ranaut (@kanganaranaut)

इन्दिरा गान्धी गणतन्त्र भारतका पहिलो प्रधानमन्त्री जवाहरलाल नेहरूकी छोरी हुन्। इन्दिरा १४ जनवरी १९८० मा गणतन्त्र भारतको तेस्रो तथा पहिलो महिला प्रधानमन्त्रीमा निर्वाचित भएकी थिइन्।

तत्कालीन भारती प्रधानमन्त्री रहेकी इन्दिराको सन् १९८४ मा गोली हानी हत्या गरिएको थियो।

सुरक्षामा खटिएका दुईजना अङ्गरक्षकले नै गोली हानेर इन्दिराको हत्या गरेका थिए।

इन्दिराको गोली हानी हत्या गरिएपछि वंश निरन्तराजस्तै उनका छोरा राजिव गान्धीलाई प्रधानमन्त्री बनाइएको थियो।


प्रतिक्रिया दिनुहोस्