मुम्बई । बलिउड महानायक अमिताभ बच्चन केहि समय अगाडि कोरोना भाइरसबाट संक्रमित भएका थिए।
७८ बर्षीय बच्चन कोरोनालाई जित्न सफल भए। लकडाउनपछि उनी पहिलो आफ्नो आफ्नो फिल्मको शूटिङमा ब्यस्त बनेका छन्।
पछिल्लो समय उनले आफ्नो नयाँ फिल्मको शूटिङ सुरु गरेका हुन।
तर, उनी शूटिङको पहिलो दिन धेरै नर्भस भएका थिए।
अभिनेता बच्चनले नयाँ फिल्मको यी पहिलो दिनरू सपना जस्तो लागेको उल्लेख गरेका छन्।
View this post on Instagram
उनले सामाजिक सञ्जाल ट्विटरमा पनि लेखेका छन्, ‘नयाँ फिल्मको पहिलो दिन, हालत खराब भयो।’
T 3796 – नई फ़िल्म का पहला दिन , और हालत ख़राब ! tension apprehension नर्वस इयं pic.twitter.com/fH9IRhI1Dm
— Amitabh Bachchan (@SrBachchan) January 27, 2021
अजय देवगणको निर्देशनमा बनिरहेको यो फिल्ममा अमिताभ सहित अजय देवगण र रकुल प्रीत सिंह मुख्य भूमिकामा छन् ।