‘सर्कस’ मा रणवीरको पारिश्रमिक एकदिनको ६६ लाख !

प्रकाशित मिति : १६ माघ २०७७, शुक्रबार  १२ : ३४


काठमाडौं । बलिउड अभिनेता रणवीर सिंहले आफ्नो पारिश्रमिक बढाएका छन् । उनले नयाँ फिल्म ‘सर्कस’ का लागि ५० करोड पारिश्रमिक तोकेका छन् ।

“हरेक सफल फिल्मसँगै रणवीर सिंहको मार्केट भ्यालु बढिरहेको छ । सर्कसका लागि उनले ५० करोड पारिश्रमिक तोकेका छन् र एकपछि अर्को सफल फिल्म सँगै उनले आफ्नो पारिश्रमिक अझै बढाउने देखिन्छ,” ट्रेड स्रोतले बताएका छन् ।

रणवीरले यो फिल्मका लागि ७५ दिन छायांकनमा बिताउनेछन् । यस अर्थमा रणवीरको एकदिनको पारिश्रमिक ६६ लाख हुनेछ ।

जसले उनलाई पछिल्लो समयको सबैभन्दा बढी पारिश्रमिक पाउने अभिनेताको सूचीको शीर्ष स्थानमा ल्याउँछ । यो सय करोड क्लब बनाउने निर्देशक रोहित सेट्टीको निर्देशनमा बन्दै छ ।

सुपरहिट फिल्म ‘सिम्बा’ पछि रणवीर र रोहितको यो दोस्रो सहकार्य हुनेछ । पुनः एकपटक करोड क्लब कमाउने निर्देशन रोहित सेट्टीसँग सहकार्य गर्दै छन् ।


प्रतिक्रिया दिनुहोस्