रेड कार्पेटमा जानु अगाडी प्रियंकाको ड्रेसको चेन फुस्कियो, त्यसपछि….

प्रकाशित मिति : १६ माघ २०७७, शुक्रबार  १२ : १९


काठमाडौं । बलिउड अभिनेत्री प्रियंका चोपडाको किताब‘ अनफिनिस्ड’ लन्चकाे तयारीमा छ ।

जसमा उनले आफ्नो जीवनमा घटेका विभिन्न घटनालाई समावेश गरेकी छन् । त्यस्तै किताबको एक किस्सा उनले सामाजिक सञ्जालमा सेयर गरेकी छिन् । सन् २०१९ मा उनको कान्स फिल्म फेस्टिबलमा डेब्यूसँग जोडिएको छ ।

उनका अनुसार उनले जुन ड्रेस रेड कार्पेट लगाएकी थिइन्, त्यसको चेन अन्तिम अवस्थामा टुटेको थियो । अनि गाडीमा नै सहकर्मीहरुले ५ मिनेटमा सिलाई दिएका थिए ।

प्रियंकाले रेड कार्पेटमा हिँड्नका लागि रोबर्टो कावेलीको डिजाइनर ड्रेस लगाएकी थिइन् । उनको ड्रेसको चेन फुस्किएपछि उनको टिमले बाटोमा नै प्रियंकाको ड्रेसलाई सियो धागोले सिलाएका थिए ।

यो कामका लागि टिमसँग ५ मिनेटको समय थियो । यो टिमका कारण प्रियंका वार्डरोब मालफंक्सनको शिकार हुनबाट बचेकी थिइन् ।


प्रतिक्रिया दिनुहोस्