पामेलाले पाँचौं पटक गरिन् आफ्नै बडीगार्डसँग बिहे

प्रकाशित मिति : १६ माघ २०७७, शुक्रबार  १२ : ०४


काठमाडौं । हलिउडकी अभिनेत्री र मोडल पामेला एन्डरसन पुनः एकपटक आफ्नो विवाहका कारण चर्चामा छिन् ।

उनले पाँचौं पटक विवाह गरेपछि चर्चा चुलिएको हो । पामेलाले आफ्ना बडीगार्ड डेन हेहसर्टसँग विवाह गरेकी हुन् । पामेलाले हालैमात्र डेली मेललाई अन्तरवार्ता दिएकी थिइन् । जुन अन्तरवार्तामा उनले आफ्नो जीवनसँग जोडिएका अनेक कुरा खुलाएकी थिइन् ।

उनले अन्तरवार्तामा पाँचौं पति डेनसँग लकडाउनको समयमा प्रेम गरेको र त्यसपछि विवाह गर्ने निर्णय लिएको खुलाएकी छन् । कोरोना महामारीको कारण जनाउदै उनले आफ्नो विवाहमा कोही पनि पाहुनालाई बोलाइनन् ।

यसअघि उनले हेयरड्रेसर जोन पीटर्ससँग विवाह गरेकी थिइन् । उनको यो विवाह १२ दिन पछि तोडिएको थियो ।


प्रतिक्रिया दिनुहोस्