काठमाडौं । बलिउड अभिनेता वरुण धवन र नताशा दलालबीचको विवाहको चर्चा सेलाउन नपाउदै अहिले श्रद्धा कपुरको प्रेम र विवाहबारे चर्चा शुरु हुन थालेको छ ।
अभिनेत्री श्रद्धा कपुर लामो समयदेखि नेपाली मुलका रोहन श्रेष्ठसँग प्रेमसम्बन्धमा छिन् । वरुणको विवाहमा श्रद्धा र रोहन श्रेष्ठले पनि विवाहको शुभकामना सामाजिक सञ्जालमार्फत दिएका थिए ।
रोहनले सामाजिक सञ्जालमा वरुणलाई शुधकामना दिदै लेखेका थिए , ‘शुभकामना वरुण र नताशालाई । वरुण तिमी भाग्यमानी रैछौ ।’
यसको जवाफमा वरुणले लेखेका थिए, ‘ साँच्चिकै हुँ । आशा छ तिमी पनि तयार छौँ ।’ यो उत्तरमा रोहन र श्रद्धाको पनि विवाह हुने संकेत बुझिएको छ । वरुणले नै संकेत गरिदिएपछि यी दुईको विवाहको बारेमा भारतीय मिडिया चर्चा हुन थालेको छ ।
भारतिय मिडिया टाइम्स अफ इन्डियाले श्रद्धाको बुबा शक्ति कपुरलाई विवाहका बारे सोभ्दा उनले रोहन मात्र होइन छोरीले विवाह गर्न चाहने जोसुकैसँग पनि आफू विवाह गराइदिन तयार रहेको बताएका थिए । श्रद्धाले भने अहिलेसम्म घरमा विवाहको कुरा नगरेको बताइएको छ ।