मकवानपुरमा बस पल्टिँदा २२ घाइते

प्रकाशित मिति : १६ माघ २०७७, शुक्रबार  ११ : ०९


मकवानपुर । मकवानपुरमा यात्रुबाहक बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् ।

बकैयाँ गाउँपालिका-४ छतिवनस्थित निर्माणाधीन धरान-चतारा सडकखण्डमा शुक्रबार बिहान बस दुर्घटना भएको हो ।

धियाँलबाट हेटौंडा आउँदै गरेको ना३ख ३३४४ नम्बरको बस पल्टिएको प्रहरीले जनाएको छ ।

बसमा ३० जना यात्रु थिए । घाइते २२ जनालाई उपचारका लागि जिल्ला अस्पताल हेटौंडा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

सडकको किनारमा रहेको तारको जालीमा ठोक्किएर बस पल्टेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्