चौथो स्थानमा उक्लियो लिभरपुल

प्रकाशित मिति : १६ माघ २०७७, शुक्रबार  ९ : ५७


काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गए राती भएको खेलमा लिभरपुलले टोटनह्याम हट्सपरलाई ३–१ ले पराजित गरेको छ ।

टोटनह्यामको मैदानमा गएराति भएको खेलमा लिभरपुलको जितका लागिरोबर्टो फर्मिनो, ट्रेन्ट अलेक्जेण्डर आर्नोल्ड र सादियो मानेले एक एक गोल गरे । टोटनह्यामका होएबर्गले एक गोल फर्काए ।

खेलको सुरुमै टोटनह्यामका ह्युङ मिन सनले पेनाल्टी प्रहारको अवसर खेर फालेका थिए भने ५६ औं मिनेटमा लिभरपुलका मोहोमद सालाहले पनि पाएको पेनाल्टी अवसरमा गोल गर्न सकेनन् ।


प्रतिक्रिया दिनुहोस्