निर्वाचन आयोगले आज नेकपाका दुवै पक्षसँग छलफल गर्दै

प्रकाशित मिति : १६ माघ २०७७, शुक्रबार  ९ : २१


काठमाडौं । नेकपाको दुवै पक्षसँग निर्वाचन आयोगले आज छलफल गर्दैछ । आयोगले आफूलाई आधिकारिक पार्टी दाबी गरिरहेका नेकपाका दुवै पक्षसँग छलफल गर्न बोलाएको हो ।

नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओली र प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई छुट्टाछुट्टै पत्र पठाएको आयोगले आज दुवै पक्षसँग छलफल गर्न लागेको हो ।

निर्वाचन प्रयोजनका लागि नेकपाका दुवै समूह अध्यक्ष वा अध्यक्षले तोकेका ५–५ जनालाई आज बिहान साढे ११ बजे छलफलका लागि बोलाइएको आयोगका प्रवक्ता सहसचिव राजकुमार श्रेष्ठले जानकारी दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्