काठमाडौं । अमेरिकामा कोरोना संक्रमणबाट एकैदिन ३५ सय जनाको मृत्यु भएको छ । यसरी अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ लाख ४३ हजार ३ सय ६१ पुगेको छ ।
अमेरिकामा एकैदिन १ लाख ४८ हजार २ सय ६२ जनामा संक्रमण देखिएको वल्डोमिटर्सले जनाएको छ ।
यसरी अमेरिकामा कोरोना संक्रमितको संख्या दुई करोड ६३ लाख २२ हजार ३ सय ५२ पुगेको छ ।
अमेरिकामा एक करोड ६० लाख ४८ हजार ५ सय २८ जना संक्रमित उपचारपछि निको भएका छन् भने ९८ लाख ३० हजार ४ सय ६३ जना उपचाररत छन् ।